धुर्मुसले पीडितलाई बोक्दा मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !

काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।भने कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो । मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट ।
सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए । तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ । ‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् ।
चर्को विरोध भएको चाल पाएपछि वातावरणमन्त्री चौधरीले इट्टा विच्छ्याएकोका व्यवस्थापन गर्नेलाई आफूले गाली गरेको दाबी गरिन। ‘म त किसानको छोरी हिलोमा हिँड्न दुख लाग्दैन, भुकम्पको समयमा पनि काठमाडौंमा सडकमै सुतेको हो,’ मन्त्री चौधरीले भनिन, ‘यो किन बिच्छ्याउनु भयो भनेर गाली गरेकी थिए ।’
मन्त्री चौधरीले पीडितहरुको गुनासो सम्वोधन गर्न आफु लागि परेको बताइन् । ‘मैले अस्तिको मन्त्रीपरिषद् बैठकमा पनि पानीको वोतल बाँढ्न माग गरेकी थिए, आजपनि त्यो कुरा उठाउँदै छु’ उनले भनिन्, ‘सप्तरीमा बसेर काम छैन, यहीँ काठमाडौंमै बसेर राहात सामान पठाउन दवाव दिएकी छु ।’
http://www.oracleracexpert.com/2014/04/what-s-new-in-sap-hana-sps-07.html?showComment=1522204745398#c4343358385938347279
http://www.aboutdm.com/2014/04/product-attribute-extraction.html?showComment=1522204813584#c4807124431514829352

Comments

Popular posts from this blog

खुकुरी बेचेर छोरालाई इन्जिनियर

उम्मेदवारको टिकट विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १२ घाइते

Top 10 Happy New Year 2075 Messages, Sms Collection