कसले जित्ला नेपाल आइडल ? यस्तो छ विश्लेषण

      

      काठमाडौँ । एपीवान एचडीबाट प्रशारण भइरहेको नेपाल आइडल कसले जित्ला भन्ने जिज्ञासा यो शोमा चासो राख्ने सबैलाई छ । नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता पाण्डे गत साता बाहिरिसकेकी छन् । अब नेपाल आइडलमा चार जना पुरुषमात्र बाँकी छन् ।
ती हुन् बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास । यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन् । टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन् । शुक्रबारको कार्यक्रममा घोषणा गरिए अनुसार फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने छन् ।
पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ । शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो । तर मिति भने तोकिएको थिएन । स्रोतका अनुसार मिति असोज ६ गतेको टुङ्गो लागेको छ । र, कार्यक्रममा को–को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ ।त्यसो त 
कतारमै यसअघि नै सन् २०१४ मा प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो छ । यस पटक भने नेपाल आइडलको ग्रान्ड फिनाले हुने ठाउँ कतार भएको छ । ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात् असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ ।
असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन अर्थात् घटस्थापना हो । घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ ।
कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी हुने घोषणा शुक्रबारकै कार्यक्रममा भइसकेको छ । साथमा केही गेस्ट एपियरेन्स पनि हुनेछ ।
ती मध्ये एक हुन् तेरिया मगर । तेरियाले सन् २०१४ मा डान्स इन्डिया डान्स लिल मास्टर्स जितेकी थिइन् भने यसै वर्ष अर्थात् २०१७ जनवरी २१ मा कलर्स टिभीको रियालिटी शो झलक दिखला जा सिजन नाइन जितेकी थिइन् ।
त्यसैगरी अर्को गेस्ट एपियरेन्समा हेमन्त राना हुनेछन् । उनका धेरै गीत चर्चित छन् । पछिल्लो पटक उनको ‘सुन साइँली’ गीतले तहल्का मच्चाएको थियो।
अर्का पाहुना भने माग्ने बूढा रहने छन् । हुनत माग्ने बूढा चरित्र भएको टेलिसिरियल प्रसारण हुन छाडिसक्यो। तर केदार घिमिरेलाई धेरैले चिन्ने यही नामले हो । कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ।
कसले जित्ला ?
कतिपयले बुद्ध लामाले नेपाल आइडल जित्छन् भन्ने प्रक्षेपण गरिरहेका छन् । तर अन्य प्रतिष्पर्धी पनि कम छैनन् । यद्यपी बुद्ध लामा र निशान भट्टराईमध्ये एक नेपाल आइडल हुन्छन् भन्ने अड्कलबाजी बढीभन्दा बढी भइरहेको छ । को हुन्छ नेपाल आइडल त्यसका लागि अन्तिम नतिजा कुर्नैपर्छ 

Comments

Popular posts from this blog

खुकुरी बेचेर छोरालाई इन्जिनियर

उम्मेदवारको टिकट विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १२ घाइते

Top 10 Happy New Year 2075 Messages, Sms Collection