चीनको ३६ अर्ब लगानीमा नेपालमा सिमेन्ट उद्योग खुल्दै
भाद्र १८, २०७४ नेपालको सिमेन्ट उत्पादनमा चीनको एक निजी कम्पनीले ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चीनको होक्सी नामक कम्पनीले नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा नवलपरासिमा सिमेन्ट उद्योग खोल्न लागेको हो । ९ सय मेगावट क्षेमताका अरुण तेस्रो र माथिल्लो कर्णालीमा आएको वैदेशिक लगानीपछिको तेस्रो ठूलो लगानीको प्रतिवद्धता आएको लगानीवोर्डले जनाएको छ । लगानीसम्वन्धी सम्झौता पीआईएमा बोर्डका कार्यकारी प्रमुख सिईओ महाप्रसाद अधिकारी र चिनियाँ कम्पनी होक्सीका निर्देशक लाई वेङले आज हस्ताक्षर गर्ने कार्यक्रम छ । नवलपरासीमा उत्पादन गर्ने भनिएको सिमेन्टका लागि आवश्यक ढुङ्गा भने पाल्पाको ज्यामिरेबाट निकालिने सम्झौतामा उल्लेख गरिएको छ । सन २०१८ को पहिलो ३ महिना देखि नै सिमेन्ट उत्पादन शूरु गर्ने भनिएको सो उद्योगबाट दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगबाट १ हजार भन्दा वढी नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन् । विदेशी लगानी भित्र्याउने नाममा वढी सहुलियत दिएको भन्दै सिमेन्ट उत्पादन गर्दै आएका नेपाली उद्योगीले भने लगानीवोर्डको आलोचना गरेका छन् । प्रकाशित:भाद्र १८, २०७४

Comments
Post a Comment